आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

विहीबार, २५ मंसिर २०७७, ०८ : २८
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार देशका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुने  जनाएको छ ।अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली भएको छ ।

दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली हुने मौसमविदले बताएका छन् । देश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेका कारण मौसम बदली भएको हो । यस्तै राति प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस