काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्यले नवप्रवर्तन उद्योगलाई प्राथमिकता नदिदा आर्थिक विकासको गति कमजोर भएको बताएका छन् ।
नवप्रवर्तन उद्योगहरुमा पूँजीको व्यवस्थापन र बजारको पहुँच विकास गर्न सरकारले सहयोग गर्नुपर्ने बेला आएको पनि पूर्वप्रधानमन्त्री नेपालले बताए । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले नवप्रवर्तन उद्योगहरुलाई उत्पादनसँग जोडेर अगाडि बढ्ने विषयमा राज्यले तालमेल मिलाउन नसकेको पनि बताए ।
साना तथा घरेलु उद्यमीहरुलाई प्रोत्साहन गर्ने कुरामा राज्यले जिम्मेवारी लिनुपर्ने समेत उनले बताए । कृषि उत्पादनमा राज्यले सहयोग गरी बजारमा सुपथ मूल्यमा वस्तु पु¥याउने विषयमा समेत राज्यले ध्यान दिनुपर्नेमा नेपालले जोड दिए ।
नवप्रवर्तन उद्योगहरुमा पूँजीको परिचालन गरी उत्पादन बढाउँदै आयातित वस्तुहरुलाई विस्थापित गर्ने तर्फ अर्थतन्त्रलाई उन्मुख गर्नुपर्ने उनको भनाई छ । यसबाहेक नागरिकस्तरमा स्वदेशी वस्तुको उपभोग गर्नुपर्छ भन्ने भावना जाग्रित गर्न समेत सरकारले भूमिका खेल्नुपर्ने बताए ।
नवप्रवर्तन उद्योगको पूँजी र बजारलाई एकसाथ व्यवस्थापन गर्ने कुरामा राज्यको सहयोग अपरिहार्य भएको पनि पूर्वप्रधानमन्त्री नेपालले बताए । नेपालको अर्थतन्त्रको प्रमुख आधार कृषि भएकोले त्यसमा आधारित उद्योग व्यवसायको प्रवर्धनमा जोड दिनुपर्ने पनि उनको भनाई छ ।
जनसंख्याको सबैभन्दा ठूलो हिस्सा अहिलेपनि कृषिमा निर्भर रहेकोले कृषिमा आधारित अर्थतन्त्रलाई नै प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
किसानले उत्पादन गरेका सबै वस्तुको विक्री हुने ज्ञारेन्टी सरकारले लिएमा व्यवसायिक कृषि उत्पादन तर्फ युवाहरुको आकर्षण बढ्ने पनि पूर्वप्रधानमन्त्री नेपालले बताए । यसबाट रोजगारी बढ्न गई देशको अर्थतन्त्रले गति लिने विश्वास पनि व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ मंसिर २०७७, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो कच्चा मार्बल तथा ग्रेनाइटमा भन्सार र अन्तःशुल्क
कर्णालीमा एक हजार सात सय बढी नयाँ उद्योग दर्ता
प्रभावकारी रूपमा बजार अनुगमन गर्न मन्त्री भण्डारीको निर्देशन
मकवानपुरमा ६ सय भन्दा धेरै उद्योग बन्द
कास्कीमा छ सय ४९ नयाँ उद्योग थपिए
ऐन निर्माणबाट संविधानको कार्यान्वयनमा बल पुग्छ : उद्योगमन्त्री भण्डारी