काठमाडौँ । उद्योगहरूले ठूलो ढुंगाकै स्वरूपमा ल्याउने मार्बल, एलवास्टर र ग्रेनाइटमा लगाइएको भन्सार र अन्तःशुल्क घटेको छ । ढुंगाकै रूपमा आउने कच्चा मार्बल, ग्रेनाइट र तयारी मालमा समान भन्सार दर लागेका कारण उद्योगीहरू मारमा परेको बताउँदै आएका थिए । सरकारले उद्योगीको माग सम्बोधन गर्दै भन्सार र अन्तःशुल्क घटाएको हो ।
ढिक्का वा पाताका रूपमा आयताकार काटिएका मार्बल तथा एलवास्टरमा ३० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क लगाउने काम यसअघिको सरकारले गरेको थियो । अहिले सरकारले भन्सार दरलाई १० प्रतिशतमा झारिदिएको छ भने अन्तःशुल्क शून्य प्रतिशत पारिएको छ।
त्यस्तै, ढिक्का वा पाताका रूपमा आयताकार काटिएका ग्रेनाइटमा भन्सार २० प्रतिशत र अन्तःशुल्क २५ प्रतिशत लगाइएकोमा त्यसलाई घटाएर भन्सार १० प्रतिशतमा झारिएको छ भने अन्तःशुल्क शून्य पारिएको छ ।
यस अतिरिक्त सुन र चाँदीको भन्सार दर घटाएर समान १० प्रतिशत बनाइएको छ । यसअघि सुनको भन्सार दर २० प्रतिशत र चाँदीको दर १५ प्रतिशत थियो ।
सुनका गरगहनाको भन्सार दर १५ प्रतिशत रहेकोमा त्यसमा हेरफेर गरिएको छैन । अब काँचो सुनको तुलनामा गहनाको भन्सार दर ५ प्रतिशत बढी हुने भएको छ । यसअघि ५ प्रतिशत बिन्दुले कम थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० मंसिर २०८१, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका २७९ उद्योग बन्द
समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग
कर्णालीमा एक हजार सात सय बढी नयाँ उद्योग दर्ता
प्रभावकारी रूपमा बजार अनुगमन गर्न मन्त्री भण्डारीको निर्देशन
मकवानपुरमा ६ सय भन्दा धेरै उद्योग बन्द
कास्कीमा छ सय ४९ नयाँ उद्योग थपिए