३८ थान नक्कली चालक अनुमतिपत्रसहित एकजना पक्राउ

सफल खबर संवाददाता

बुधबार, २४ मंसिर २०७७, ११ : ४३
३८ थान नक्कली चालक अनुमतिपत्रसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले ३८ थान नक्कली चालक अनुमतिपत्रसहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सांगाचोकगडी नगरपालिका वडा नम्बर १२ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ७ बस्ने २८ वर्षीय आशिष गिरी रहेका छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता इकाईको टोलीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो । उनको साथबाट नक्कली साइसेन्ससहित मोटरसाइकल, विभिन्न बैंकका चेक समेत बरामद भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस