आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

बुधबार, २४ मंसिर २०७७, ०८ : ३५
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारदेशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।

अहिले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पूर्वी भू–भागहरु र प्रदेश२ मा आंशिक बदली रहेको छ । अरु क्षेत्रमा मौसम सामान्यतय सफा रहेको छ ।बुधबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेशका पहाडी भू–भाग र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बदली हुनेछ । अरु स्थानमा मौसम सामान्यतया सफा रहनेछ । 

दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको मौसमविदले बताएका छन् ।
 

प्रतिक्रिया दिनुहोस