गोली हानेर होइन, घाँटी रेटर शिक्षकको हत्या : प्रहरी

सफल खबर संवाददाता

मंगलबार, २३ मंसिर २०७७, १७ : ०७
गोली हानेर होइन, घाँटी रेटर शिक्षकको हत्या : प्रहरी

मोरङ । मोरङमा गोली हानेर शिक्षकको हत्या भनिएको भए पनि प्रहरीले घाँटी रेटर हत्या भएको पुष्टि गरेको छ । यसअघि स्थानीयले गोली हानेर शिक्षकको हत्या भएको समाचार सार्वजनिक भएको थियो । 

मोरङको मिक्लाजुङ्ग गाउँपालिकाका १ स्थितसरस्वती आधारभूत विद्यालयका प्रधानध्यापक राजेन्द्र श्रेष्ठको धारिलो हतियार प्रयोग गरि घाँटी रेटेर हत्या गरिएको प्रहरीले  पुष्टि गरेको छ । मोरङ प्रहरीको टोली घटनास्थलमा पुगेको छ । मोरङ प्रहरीले ५४ वर्षिय श्रेष्ठको दुबै हात बाँधेर घाँटी रेटेर हत्या गरेको अवस्थमा शव भेटिएको हो । 

१ नम्बरप्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी इश्वरबाबु कार्कीका अनुसार प्रहरी घटनास्थलमा पुग्दा मृतकको घाँटीमा धारिलो हतियार प्रहार गरिएको देखिएको छ, दुबै हात बाँधेको अवस्थामा पछाडी रहेको छ । शव भेटिएको स्थान मृतकको घरदेखि करिब एक किलोमिटरकोदुरीमा छ ।

मंगलबार बिहान ७ बजेको समयमा  ४र५ जनाको संख्यामा आएको समूहले श्रेष्ठलाई घरबाट उठाएको सूचना आएको थियो । प्रदेश प्रहरी, मोरङ प्रहरीका डिएसपीसहितको टोलीघटनास्थलमा पुगेर अहिले अनुसन्धान भइरहेको डिआइजी कार्कीले जानकारी दिए । श्रेष्ठको हत्या विप्लव समूहले गरेको प्रहरीले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस