आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

मंगलबार, २३ मंसिर २०७७, ०८ : १६
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारदेशका पहाडीसहितका विभिन्न स्थानको मौसममा आंशिकदेखि सामान्य बदली हुने  जनाएको छ । अहिले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । अरु स्थानमा मौसम सामान्यतय सफा छ ।

मंगलबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ मा आंशिक बदली हुनेछ । अरु स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।भारतको झारखण्ड र आसपासमा न्यून चापीय प्रणाली रहेको र त्यसको केही प्रभाव नेपाल पनि परेको मौसमविदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस