साइप्रसमा नेपाली युवतीद्वारा आत्महत्या

सफल खबर संवाददाता

मंगलबार, २३ मंसिर २०७७, ०७ : ५२
साइप्रसमा नेपाली युवतीद्वारा आत्महत्या

काठमाडौं । युरोपेली मुलुक साईप्रस एक नेपाली युवतीले आत्महत्या गरेकी छिन् ।  दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ८ खरे घर भएकी २३ वर्षीय  शुक्री तमाङले आत्महत्या गरेको प्रहरीलाई उधृत गर्दै गैरआवासीय नेपाली सघं साईप्रसले जनाएको छ ।

आइतबार आत्महत्या गरेकी मृतक तमाङ २०१९ को अक्टोबरमा घरेलु कामदारको रुपमा साइप्रस पुगेकी थिइन् । उनी पारिवारिक तनावमा रहेको र सोही कारण आत्महत्या गरेको हुनसक्ने बताइएको छ । शवलाई नेपाल ल्याउन तयारी भइरहेको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस