काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले मुलुकलाई जोगाउन राजसंस्था अपरिहार्य भएको बताएका छन् ।
पार्टीको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै नेताहरुले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थालाई पुनस्थापना गर्न सबै नागरिक उठनुपर्ने बेला आएको बताएका हुन् ।
राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले पार्टीले राजसंस्था र हिन्दुराष्ट्र गरी दुईवटा विषयलाई मूल्य मान्यताको रुपमा स्थापित गरेको बताए । उनले भने ‘हाम्रो पार्टीले बोल्दै आएको दुईवटा मूल्य मान्यताको पक्षमा हिन्दु धर्म र मूलुक सञ्चालन गर्दा राष्ट्रपतिको ओहोदामा, राष्ट्र प्रमुखको ओहोदामा पुरानै संस्था जसले मुलुकलाई अभिभावकत्व दिन सक्छ त्यसलाई ल्याई पक्षपाति व्यक्तिहरु राख्न हुन्न भन्ने मान्यता प्रति मुलुकभरी आन्दोलन चलिरहेको छ ।’
पार्टीका अर्का अध्यक्ष कमल थापाले राप्रपा हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको सिद्धान्तको मूल संवाहक भएको बताए । अहिले नागरिक स्तरबाट स्वतस्फुर्त रुपमा यो सिद्धान्तलाई लिएर आन्दोलन भइरहेको प्रति खुशि लागेको बताउनुभयो । उनले भने ‘राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको सिद्धन्तको मूल संवाहक हो । यो विचारलाई आज जुन ढंगबाट स्वतस्फुर्त रुपमा जनताले लिएर हिडीराखेका छन त्यसले हामीलाई खुशि लाग्नु स्वभाविक हो र ती अभियानमा हाम्रो सद्भाव समर्थन रहने छ ।’
राजसंस्था पुनस्थापना गर्ने एजेण्डा कुनै व्यक्तिको स्वार्थसँग जोडिएको नभई देशको राष्ट्रिय अस्तित्व, स्वतन्त्रता र सार्वभौंमिकतासँग गासिएको विषय भएको बताए । अहिले राजसंस्थाको पुनस्थापनाका लागि निस्किएको जनप्रदर्शन जनताको भावनाको अभिव्यक्ति भएको पनि थापाले बताए । उनले अव राजा आउ देश बचाउन भन्ने भन्दा पनि जनता आउ राजा ल्याउ देश बचाउ भन्ने बेला भएको बताए । उनले भने ‘अब सडकमा प्रदर्शन गरिरहेका साथीहरुलाई पनि भन्न चाहन्छु । राजा आउ देश बचाउ होइन अब जनता आउ राजा ल्याउ देश बचाउ भन्नुपर्ने बेला आयो । राजाले आएर होइन जनताले आएर राजा ल्याउनुप¥यो अनि त्सपछि जनता र राजा मिलेर देश बचाउनु प¥यो । यो हो अहिलेको समयको माग ।’
अर्का अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले पनि पार्टीले राजस्था र हिन्दु धर्मलाई पुनस्थापना गर्ने स्पष्ट एजेण्डा लिएर अगाडि बढेको बताए । उनले अहिले देशलाई जोगाउन संवैधानिक राजसंस्था आवस्यक रहेको पनि बताए । उनले भने ‘हाम्रा एजेण्डाहरु स्पष्ट छन । त्यसमा कुनै दुविधा छैन । हामीले भनेका छौं की नेपालमा संवैधानिक राजसंस्था नेपालको लागि आवश्यक छ ।’
राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा लिएर हिडदा धेरैले पछाडि जान थाल्यो भनिरहेको उल्लेख गर्दै अहिले पनि देशका लागि संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र आवश्यक रहेको स्पष्ट पारे ।उनले भने ‘नेपालको राष्ट्रिय एकताको लागि, हाम्रा विविधताको बीचमा एकता गर्नका लागि एउटा निस्पक्ष राष्ट्र प्रमुखको आवश्यकता रहन्छ संवैधानिक रुपमा । त्यसकारण हामीले संवैधानिक राजसंस्था भनेका हौं ।’
कार्यक्रममा नेताहरुले केही समय यता स्वतस्फुर्त रुपमा हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्थापनाका लागि जनता सडकमा उत्रिएको र सबै राजनितिक शक्तिहरुले उत्सुकताका साथ हेरिराखेको बताएका छन् । यस्तै अन्तर्राष्ट्रिय समुदायले पनि उत्सुकताका साथ हेरिरहेकाले अव पार्टीले नेतृत्व गरेर आन्दोलनलाई निष्कर्षमा पु¥याउनुपर्ने बेला आएको नेताहरुले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ मंसिर २०७७, १८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शनिबार बुटवलमा शक्ति प्रदर्शन गर्दै राप्रपा
राप्रपाले फागुन २५ गते काठमाडौँमा भण्डाफोर सभा गर्ने
राप्रपाले बोलायो कार्यसम्पादन समितिको बैठक
राप्रपा कार्यसम्पादन समिति बैठक बस्दै
उपनिर्वाचनमा अधिकांश स्थानमा सुधार भएको राप्रपाको निष्कर्ष
सरकारले एनसेललाई दुहुनो गाईको रुपमा प्रयोग गर्दैछ : राजेन्द्र लिङदेन