काठमाडौं । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सचिवालय बैठक बस्नुअघि आधा घण्टा कुराकानी भयो । त्यही कुराकानीले प्रधानमन्त्री ओली सचिवालय बैठकमा बस्न सहभागी भए । बालुवाटारमा सचिवालय बैठक सुरु पनि भइसकेको छ ।
दुई अध्यक्षबीच कात्तिक २५ यता भेटघाट भएको थिएन । दोस्रो तहका नेताहरुले ओली प्रचण्डबीच भेटघाट गर्ने वातावरण बनाएका थिए । प्रचण्डसँगको भेटपछि ओली सचिवालय बैठकमा बस्न सहमत भएका हुन् । अध्यक्ष प्रचण्डले पेश गरेको पस्तावमाथि छलफल हुने बताइएको
यसअघि गत मंगलबार बसेको बैठकमा ओली सहभागी भएका थिएनन् । यसअघि भएको बैठकले शनिबारको बैठकमा ओलीलाई सहभागी हुन अनुरोध गर्दै १८ गतेका लागि तय भएको स्थायी समिति बैठक समेत मंसिर २१ का लागि सार्ने निर्णय गरेको थियो ।
नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालय बैठक तय भएको समयभन्दा १ घण्टाअघि नै बालुवाटार पुगेका थिए । बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डको वान टु वान वार्तापछि सचिवालय बैठक बसेको हो । आजको बैठकमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेका अलग–अलग प्रस्तावमाथि छलफल गर्ने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० मंसिर २०७७, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यादेश अघि नबढेपछि एमालेले बोलायो सचिवालय बैठक
आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक
संसदीय दलको कार्यवाहक नेताबारे छलफल गर्दै रास्वपा
च्यासलमा सुरु भयो एमाले सचिवालय बैठक
रास्वपाले बोलायो सचिवालय बैठक
चुनाव र चीन भ्रमणको समीक्षा गर्न सचिवालय बैठक बोलाउँदै एमाले