काठमाडौं । आज सत्तारुढ दल (नेकपा) सचिवालय बैठक बस्दैछ ।
बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि तीन दिन स्थगित गरेर आज ओलीसहित सहभागी हुनेगरी बैठक राखिएको हो ।
दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा दुवै अध्यक्षका प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।
यसैबीच तीन दिनको बीचमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवादको प्रयास भएपनि सफल हुन सकेन ।
आजको बैठकमा कसरी प्रस्तुत हुने भनेर दुवै पक्ष (खुमलटार र बालुवाटार) आन्तरिक छलफलमा जुटेका छन् । बैठकअघि ओली पक्ष बालुवाटार र प्रचण्ड–माधव नेपाल पक्षका नेताहरु खुमलटारमा आन्तरिक छलफलमा जुटेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० मंसिर २०७७, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यादेश अघि नबढेपछि एमालेले बोलायो सचिवालय बैठक
आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक
संसदीय दलको कार्यवाहक नेताबारे छलफल गर्दै रास्वपा
च्यासलमा सुरु भयो एमाले सचिवालय बैठक
रास्वपाले बोलायो सचिवालय बैठक
चुनाव र चीन भ्रमणको समीक्षा गर्न सचिवालय बैठक बोलाउँदै एमाले