काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ ले सिर्जना गरेका विषम स्थितिमा शिक्षा पाउने बालबालिकाको अधिकारलाई ध्यान दिँदै सरकारका नीति तथा कार्यक्रमको प्रभावकारीरूपमा कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आज भएको छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र शिक्षासचिव गोपीनाथ मैनालीसँग चालु आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएका शिक्षासम्बन्धी विषयको कार्यान्वयनका अवस्थाका बारेमा जानकारी लिई सो अनुरोध गर्नुभएकोे हो ।
सो अवसरमा शिक्षामन्त्री पोखरेलले शिक्षाका नीतिगत विषय र भावी दिनमा शिक्षालाई नागरिकको ज्ञान, सीप र चरित्र निर्माणका दिशातर्फ अभिमुख गराउन आवश्यक रहेको बताउनुभएको थियो ।
सचिव मैनालीले नीति तथा कार्यक्रममा उल्लिखित मूलभूत विषय र हाल सञ्चालन भइरहेको वैकल्पिक प्रणालीको सिकाइ कार्यक्रमलगायत विषयमा प्रकाश पार्नुभएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले राससलाई जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १९ मंसिर २०७७, १९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान
पूर्वराष्ट्रपति भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्दै एमाले
लैंगिक समानता महिला र पुरुष दुवैको सरोकारको विषय : पूर्वराष्ट्रपति भण्डारी
फागुपूर्णिमामा मौलिकतालाई जोगाउन सबै लाग्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारी
ओली समकालीन नेपाली राजनीतिका सर्वाधिक प्रतिभाशाली नेता : पूर्वराष्ट्रपति भण्डारी