छतबाट खसेर एक पुरुषको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १९ मंसिर २०७७, १४ : २१
छतबाट खसेर एक पुरुषको मृत्यु

पाल्पा । पाल्पाको रामपुरमा छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

रामपुर नगरपालिका–६, बस्ने ५७ वर्षका नेत्रबहादुर हमालको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय दाङले कच्चीघरको एक तले छतबाट भूइँमा खसेर गम्भीर घाइते भएका हमालको उपचारका लागि रामपुर अस्पताल ल्याएपछि  मृत्यु भएको  जनाएको छ ।

 प्रहरीले घटनाको थप अनुसन्धान  भइरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस