नेपाली काँग्रेस पदाधिकारीको बैठक बस्दै, तनहुँको घटनाको विषयमा छलफल

सफल खबर संवाददाता

शुक्रबार, १९ मंसिर २०७७, १२ : ०५
नेपाली काँग्रेस पदाधिकारीको बैठक बस्दै, तनहुँको घटनाको विषयमा छलफल

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन्। तनहुँ घटनाका विषयमा छलफल गर्न बैठक डाकिएको बताइएको छ ।

नेता अर्जुनरसिंह केसीले भने, ‘छलफलको एजेण्डा विस्तृतमा जानकारी भएको छैन। तनहुँ घटनाबारे छलफल गर्ने भनिएको छ।’ बैठक दिउँसो २ बजे सभापति निवास बुढानीलकण्ठमा बोलाइएको छ ।

गृह जिल्ला तनहुँमा पुल उद्घाटन गर्न गएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। बुधबार तनाव उत्पन्न भएपछि बिहीबार पौडेलले नै व्यास नगरपालिकामा निर्माण गरिएको पुल उदघाटन गरेका थिए । 

संघीय सरकारलाई जानकारी नै नदिई उद्घाटन गर्न लागिएको भन्दै नेकपा कार्यकर्ता विरोधमा उत्रेका थिए। बुधबार सभापति देउवाले विज्ञप्ति जारी गर्दै तनहुँ घटनाको देशव्यापी प्रतिरोध गर्ने जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस