आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शुक्रबार, १९ मंसिर २०७७, ०८ : २६
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार पहाडी क्षेत्रमासामान्य बदली भए पनि अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने  जनाएको छ ।

हाल गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ । शुक्रबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् । अरु क्षेत्रमा आंशिक बदली रहनेछ ।

अहिले उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । तर स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रका केही स्थानमा मौसम बदली भएको हो । यस्तै राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी स्थानमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस