काठमाडौं । सङ्घीय सरकारले आफ्नो अधिकार क्षेत्र मिचेर प्रदेश नं २ मा रहेको ‘समृद्ध तराई–मधेश सिँचाइ विशेष कार्यक्रम’ को ठेक्का अघि बढाएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्रप्रसाद सोनालले आज दायर गर्नुभएको रिट निवेदनमा उक्त प्रदेश सरकारले सञ्चालन गर्नुपर्ने कार्यक्रममा केन्द्र सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विभागले ठेक्का प्रक्रिया अघि बढाएको उल्लेख छ ।
जलस्रोत तथा सिँचाइ विभागले गत कात्तिक २४ गते गरेको बोलपत्र आह्वान नेपालको संविधानविपरीत भएको उल्लेख गर्दै रिट निवेदनमा प्रदेशमा गएकोे अधिकारलाई सङ्घीय सरकारले पुनःफिर्ता लिने काम गरेको जिकिर गरिएको छ ।
विभागको बोलपत्र आह्वानसम्बन्धी सो सूचनाले नेपालको संविधानको संवैधानिक व्यवस्था, सङ्घीयताको मर्म र भावनाविपरीत प्रदेश सरकारको अधिकारलाई सङ्कुचित गरेकाले रोक्न अन्तरिम आदेश जारी गर्नुपर्ने माग निवेदनमा गरिएको छ । उक्त निवेदनको यही मङ्सिर २६ गते संवैधानिक इजलासमा सुनुवाइ हुने तय भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १८ मंसिर २०७७, २० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा
कुलमानको रिट प्रधानन्यायाधीश राउतसहितको इजलासमा पेसी
सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्चमा रिट
बालेन शाहविरुद्धको रिट हेर्न नभ्याइनेमा
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको रिटमा चियाब्रेकपछि सुनुवाइ
सवारी चालकको चाबी खोस्ने ट्राफिकको कार्य विरुद्धको रिट खारेज