राष्ट्रपति भेट्न प्रचण्ड शीतलनिवासमा, एक घण्टा वार्ता

सफल खबर संवाददाता

विहीबार, १८ मंसिर २०७७, १९ : २७
राष्ट्रपति भेट्न प्रचण्ड शीतलनिवासमा, एक घण्टा वार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

पार्टीभित्र बढेको विवादका बीच प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न बिहीवार साँझ राष्ट्पति भेट्न शीतलनिवास पुगेका हुन् । आजै अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रपति भण्डारीलाई भेट गरेका थिए ।

राष्ट्पति  र अध्यक्ष प्रचण्डबीच भने करिब एक घण्टा भेटवार्ता भएको छ । नेकपामा विवाद बढ्ने बित्तिकै नेताहरु शीतलनिवास जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस