नेपालगञ्जमा कोरोना सङ्क्रमितको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १८ मंसिर २०७७, १७ : २०
नेपालगञ्जमा कोरोना सङ्क्रमितको मृत्यु

file-photo

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–२ बाँके निवासी ७४ वर्षिय वृद्धको उपचारकै क्रममा आज मृत्यु भएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए ।

उनका अनुसार यही मङ्सिर ६ गते अस्पताल भर्ना भएका ती पुरुषमा कोरोना सङ्क्रमण देखिएको थियो । रोगको प्रकृतिअनुसार सबै उपचार विधि अपनाउँदासमेत स्वास्थ्यमा सुधार नभई मृत्यु भएको हो । योसँगै कोरोना सङ्क्रमणका कारण बाँकेका ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस