सुतेकै ठाउँमा आमाछोरी मृत फेला, श्रीमान् अचेत

सफल खबर संवाददाता

विहीबार, १८ मंसिर २०७७, १३ : ०२
सुतेकै ठाउँमा आमाछोरी मृत फेला, श्रीमान् अचेत

काठमाडौं । आमाछोरी मृत अवस्थामा फेला परेका छन्, श्रीमान् अचेत छन् । गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटी बस्दै आएकी सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी मृत अवस्थामा कोठाभित्र सुतेकै ठाउँमा मृत फेला परेका हुन् ।

महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीका अनुसार प्रारम्भिक अवस्था हेर्दा राति सुत्दा हिटर बालेर सुतेका कारण निस्सासिएर उनीहरुको मृत्यु भएको हुन सक्ने आशंका छ । ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको छन् । दोर्जेलाई उपचारका लागि नेपाल मेडिकल कलेज पठाइएको छ । उनीहरुले गोकर्णश्वरमा किराना पसल  सञ्चालन गर्दै आएका थिए । दुवै जनाको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाएको छ । 

प्रतिक्रिया दिनुहोस