काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नभएपछि बैठक नै मंसिर २० गतेको लागि सारियो । भोलि बस्ने भनिएको स्थायी समिति बैठक पनि प्रभावित भयो । बैठकमा प्रधानमन्त्री ओली सहभागी नभएपछि प्रचण्ड–माधव नेपालसहितका नेताहरुले तीन दिनको अल्टिमेटम दिएका हुन् । बैठकमा सहभागी नभएपछि प्रचण्ड माधव पक्षले ओलीको हर्कतको विरोध गरेका थिए । वरिष्ठ नेता झलनाथ खनालले बैठक छल्न खोले आवश्यक निर्णय गर्नुपर्ने बताए ।
पार्टीभित्र विवाद चर्किँदै जानु र प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले बैठकमा सहभागी नभएपछि सचिवालयका प्रचण्ड माधव पक्षका नेताहरुले तीन दिनको अल्टिमेटम दिएपछि ओली पक्षले नयाँ रणनीति बुन्ने तयारी गरेको स्रोतको भनाइ छ । मंसिर १८ गतेका लागि तय भएको स्थायी समिति बैठक प्रभावित भएपछि नेताहरु प्रधानमन्त्री ओलीसँग नेताहरु आक्रोसित भएका हुन् ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले ओलीले बैठकमा सहभागिता जनाउने प्रतिबद्धता जनाएपनि अन्तिम समयमा सहभागी नभएका जानकारी दिए । बैठकले पार्टीमा देखापरेको संकट र विद्यमान समस्या समाधानका लागि ओलीको समेत उपस्थितिमा छलफल गर्नु आवश्यक, उपयुक्त र उचित हुने निष्कर्षका लागि २० गतेको बैठकमा अनिवार्य उपस्थिपतिको अपेक्षासहित उपस्थित हुन अनुरोध गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिए । यस्तै १८ गतेको स्थायी समिति बैठक सारेर मंसिर २१ गतेलाई तय भएको पनि श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ मंसिर २०७७, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यादेश अघि नबढेपछि एमालेले बोलायो सचिवालय बैठक
आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक
संसदीय दलको कार्यवाहक नेताबारे छलफल गर्दै रास्वपा
च्यासलमा सुरु भयो एमाले सचिवालय बैठक
रास्वपाले बोलायो सचिवालय बैठक
चुनाव र चीन भ्रमणको समीक्षा गर्न सचिवालय बैठक बोलाउँदै एमाले