काठमाडौं । नेपाल प्रहरीका तिनजना प्रहरी अधिकृत निलम्बनमा परेका छन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक बिमल बस्नेत, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा कार्यरत प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव र ईलाका प्रहरी कार्यालय कपिलकोट सिन्धुलीमा कार्यरत प्रहरी निरीक्षक मेघराज प्रसाद चौरसिया निलम्बनमा परेका हुन् ।
प्रहरी संगठनको छविमा आँच आउने एवं अन्य प्रहरी कर्मचारीहरुलाई असर पुर्याउने किसिमको कार्य गरेको बुझिन आई प्रारम्भिक छानबीन गर्दा आफूलाई सुम्पिएको जिम्मेवारी र दायित्व पूरा नगरी प्रहरी नियमावली, २०७१ विपरित आचरण व्यवहार तथा गैर व्यवसायिक कार्य गरेको पुष्टी हुन आएकोले निजहरु उपर थप जाँचबुझ एवं छानबिन गर्न प्रहरी नियमावली, २०७१ को नियम ११५ को ९४० बमोजिम मंसिर १६ गतेको (सचिवस्तर) को निर्णय अनुसार बढीमा ६ महीनाको लागि निलम्बन गरिएको गृह मन्त्रालय, प्रहरी कर्मचारी प्रशासन शाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ मंसिर २०७७, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्याम ज्ञवालीपछि एसएसपी श्रेष्ठसहित २१ प्रहरी अधिकृतले फिर्ता लिए मुद्दा
एआईजी ज्ञवालीसहित ५ प्रहरी अधिकृतहरूको रिटको पेसी न्यायाधीश सुवेदीको इजलासमा