एजेन्सी । कोरोना भाइरसविरुद्ध फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको खोप बेलायतमा अर्को हप्तादेखि दिन सुरु गरिने बताइएको छ ।
‘स्वतन्त्र मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्टस रेगुलेटरी एजेन्सी ९एमएचआरए० को सिफारिसमा सरकारले फाइजर–बायोएनटेकको कोभिड–१९ को खोपलाई प्रयोगका लागि अनुमित दिएको छ,’ सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बेलयातभर अर्को हप्तादेखि खोप उपलब्ध गराइने विज्ञप्तिमा जानकारी दिइएको छ । स्वास्थ्य सचिव म्याट ह्यानककले अर्को हप्ताको शुरुदेखि खोपको कार्यक्रम शुरु गरिने बताए । ‘यो निकै खुसीको कुरा हो,’ उनले भने ।
बेलयातको खोप कमिटीले कुन प्राथमिकता समूहले पहिलो खोप पाउनेछन् भनेर निर्णय गर्नेछ । यसमा केयर होमका वासिन्दा, स्वास्थ्यकर्मी र बृद्धि र रोगका कारण जोखिम समूहमा रहेका छन् ।
फाइजर–बायोएनटेक र अमेरिकी कम्पनी मोडेर्नाले खोपको प्रारम्भिक अध्ययनमा यो ९० प्रतिशतभन्दा बढी प्रभावकारी भएको पाइएको दाबी गरेको छ । यो सामान्य खोपको प्रभावकारिता दरभन्दा निकै बढी हो । दुवै खोप आरएनए ९एमआरएनए० प्रविधिमा आधारित छन् ।
फाइजरले बेलायतले खोपको आपत्कालिन प्रयोगका लागि अनुमति दिनु कोभिड–१९ विरुद्धको युद्धमा ऐतिहासिक पल भएको बताएको छ ।
स्रोत : अलजजिरा
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १७ मंसिर २०७७, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायती राजकुमारले गराए ब्रिटिश सेनामा भर्ती भएका नेपालीलाई शपथ
बेलायतमा रहेका कोइरालासँग तत्कालीन अनमिन प्रमुख मार्टीनको भेट
बेलायत जाँदै शेखर कोइराला
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
बेलायतको राष्ट्रिय कर्जा आगामी ५० वर्षमा तेब्बर हुने
बेलायतमा डान्स क्लासमा चक्कु प्रहार, २ बालिकाको मृत्यु, ९ घाइते