रक्षामन्त्री पोख्रेलसँग भेटेर भारतीय राजदूत पूरीले गरे यस्तो ब्रिफिङ

मंगलबार, २९ फागुन २०७४, १९ : ३५
रक्षामन्त्री पोख्रेलसँग भेटेर भारतीय राजदूत पूरीले गरे यस्तो ब्रिफिङ

काठमाडौँ । रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपालस्थित भारतीय राजदूत मञ्जीवसिंह पुरीले शिष्टाचार भेट गरेका छन् ।  सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आज भएको भेटमा मन्त्री पोखरेलले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रहेको र यस प्रकारको सम्बन्ध दुवै देशका सरकार र जनताबीच मात्र नभई प्रकृति प्रदत्तरुपमा नै विकास हुँदै गएको बताए ।
नेपाली सेनाको क्षमताको विकासका लागि भारत सरकारले पुर्याउँदै आएको सहयोग र सद्भावप्रति आभार प्रकट गर्दै उनले आगामी दिनमा पनि निरन्तर सुमधुर सम्बन्ध रहने अपेक्षा  राखे ।
राजदूत पुरीले नेपाल–भारतबीचको सम्बन्ध घनिष्ठ रहेको र दुवै देशबीच सामाजिक तथा सांस्कृतिक रुपमा पनि मजबुत रहेको चर्चा गरे ।  राजदूत पुरीले नेपाली सेनाले सुरक्षाको क्षेत्रमा पुर्याएको अन्तर्राष्ट्रिय योगदानको सराहना गर्दै नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि तालिम, उपकरण र अन्य विभिन्न क्षेत्रमा सहयोग निरन्तर रहने बताएका थिए । रासस

प्रतिक्रिया दिनुहोस