काठमाडौं । प्रशोधित भनिएको पिउने पानी उचित गुणस्तरको नभएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पानी, दाना, तेल, घिउ गरी एक हजार १८९ नमुना परीक्षण गर्दा ७० वटा नमुनामा आवश्यक मापदण्ड नपुगेको पाइएको छ । तीमध्ये २१ वटा त विभिन्न उद्योगबाट उत्पादन हुँदै आएका पिउने पानीका नमुना रहेका हुन् ।
विभागले गत साउनदेखि कात्तिकसम्मको अवधिमा ती नमुना परीक्षण गरेको हो । त्यस्तै तेल तथा घिउका १४ उद्योगका नमुना र खाद्यान्नका १० वटा नमुना परीक्षण गर्दा गुणस्तरमा समस्या पाइएको विभागले जनाएको छ ।
विभागका निर्देशक एवं प्रवक्ता मोहनकृष्ण महर्जनले सो अवधिमा न्यून स्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा २६ थान मुद्दा विभिन्न जिल्ला प्रशासन तथा जिल्ला अदालतमा दायर गरेको जानकारी दिनुभयो । उहाँका अनुसार दायर गरिएका २६ वटा मुद्दामध्ये सबैभन्दा बढी प्रशोधित पिउने पानीका छन् । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १६ मंसिर २०७७, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनकोशीको पानी पाँचखालमा, ६ हजार परिवारको घरघरमा धारा जोडिँदै
शुक्रबारबाट भित्रिँदैछ अर्को पानी पार्ने प्रणाली
बागमती नदीमा छाडियो मेलम्चीको पानी
एक बोतल पानी सय रुपियाँमा बेच्दा….
जारको पानीमा ४७ र बोतलको पानीमा १६ रुपैयाँभन्दा बढी लिन नपाइने
पानी बढी परेमा आपत्कालीन अवस्था लागू गर्न सुझाव