राष्ट्रपति निर्वाचनको मतगणना जारी

मंगलबार, २९ फागुन २०७४, १७ : ३३
राष्ट्रपति निर्वाचनको मतगणना जारी

काठमाडौं । राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा अपरान्ह ४ बजेबाट मतगणना भइरहेको हो । दिउँसो ३ बजेसम्म राष्ट्रपति निर्वाचनमा ८ सय ६२ जनाले मतदान गरेका थिए ।

निर्वाचनमा बामगठबन्धनका तर्फबाट उम्मेदवारी दिएका वर्तमान राष्ट्रपति विद्या भण्डारी विजयी हुने निश्चित छ ।  राष्ट्रपतिका अर्का उम्मेदवार कुमारीलक्ष्मी राईलाई काँग्रेसको मात्रै समर्थन छ । केहीबेरभित्र मतगणनाको अन्तिम परिणाम सार्वजनिक गरिनेछ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले राष्ट्रपति भण्डारीले पछिल्लो समयमा दलीय पक्षधरता लिएको भन्दै आपत्ति जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस