नेपालमा थप २५ जनाको मृत्यु, १२५५ जना संक्रमित थपिए, १४०४ जना निको भए

सफल खबर संवाददाता

आइतबार, १४ मंसिर २०७७, १६ : ३०
नेपालमा थप २५ जनाको मृत्यु, १२५५ जना संक्रमित थपिए, १४०४ जना निको भए

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा १ हजार ३८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ ।

यस्तै २४ घण्टामा १ हजार ४०४ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या २ लाख १२ हजार ५९० पुगेको छ । नेपालमा हाल १७ हजार ९०९ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार ४७९ पुगेको छ ।