कीर्तिपुर । कोभिड—१९ का कारण ९ महिनापछि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ ।
कीर्तिपुरमा रहेको क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टीमको आजबाट बन्द प्रशिक्षण सुरु भएको हो ।
प्रशिक्षक जगत टमटाको नेतृत्वमा ९ महिनापछि बन्द प्रशिक्षणमा फर्किएको टीमले स्वास्थ्य सुरुक्षाका सम्पूर्ण मापदण्ड अपनाएको छ ।
सुरुमा बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको नेपाल क्रिकेट संघ क्यानले अहिले २७ जनालाई प्रशिक्षणमा राखेको छ । यद्यपी कप्तान ज्ञानेन्द्र मल्ल सहित पाँच जना खेलाडी प्रशिक्षणमा सहभागि हुन पाएका छैनन् ।
कप्तान मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना पोजेटिभ देखिएकाले मैदान उत्रिएका छैनन् ।
गत मंगलबार गरिएको परीक्षणमा उनीहरुमा कोरोना देखिएको थियो । बसन्त रेग्मीलाई पनि कोरोना देखिएको छ।
अहिले रित गौतम, अनिल शाह, कुशल भुर्तेल, बिक्रम शोब र लोकेश बमलाई पनि क्यानले बन्द प्रशिक्षणमा सहभागि गराएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ मंसिर २०७७, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुवेतविरुद्ध नेपाल १०८ रनले विजयी
नेपाली क्रिकेट टिमले आज श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दै
नेपालले लिग २ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल खेल्ने
टी- २० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा बन्यो सर्बाधिक रनको नयाँ किर्तिमान
नेपाली क्रिकेट टिमलाई भारतमा दुई साता प्रशिक्षणको अवसर
श्रीलंकाविरुद्ध खेल्ने भारतीय क्रिकेट टिमको घोषणा