बर्दिबास । स्थानिय प्रशाशनले महोत्तरीको बर्दिबासमा अहिले बिहान ९ बजेदेखि भोलि बिहान सम्मलाई निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले पूर्वमा रातुखोला, पश्चिम बर्दिबास माइस्थान, उत्तरमा बर्दिबास ३ पाटु र दक्षिणमा रामानन्द चोक सम्म निषेधाज्ञा जारी गरिएको बताए ।
स्थानिय ६ वषिया बालिकाको हत्या भएसंगै बर्दिबासमा प्रदर्शन चर्किएको हो । प्रर्दशनको क्रममा प्रहरीको गोली लागि एकजनाको मृत्यु भएको छ भने अर्का एक स्थानियको राजधानीमा उपचार भईरहेको छ ।
बालिकाको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दा दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शव सडकमा राखेर प्रदर्शनमा उत्रिएका थिए । न्यायको माग गर्दै स्थानिय र परिवार आन्दोलनरत बनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० मंसिर २०७७, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दिबास–सिन्धुली–बर्खे खोला सडक खण्ड रातको समयमा बन्द रहने