ग्याँस ट्याङकर त्रिशुलीमा खस्यो, चालक स्टेरिङ्गमा चेपिए

मंगलबार, २९ फागुन २०७४, ०८ : ०३
ग्याँस ट्याङकर त्रिशुलीमा खस्यो, चालक स्टेरिङ्गमा चेपिए

नरायणगढ-मुग्लिन सडक खण्डबाट ग्याँस ट्याङ्कर त्रिशुलीमा खसेको छ । सोमबार राती ९ :३० बजे काठमाडौँबाट नारायणगढ तर्फ जादैँ गरेको KA0AH2596 नम्बरको खाली ग्याँस ट्याङकर चितवनको इच्छाकामना ६ पाँचकिलो नजिकैबाट त्रिशुली नदीमा खसेको हो ।

ट्रकका चालक स्टेरिङ्गले चेपिएको अवस्था रहेको प्रहरीले जनाएको छ ।अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलिले उद्धारको प्रयास गरिरहेको छ । ट्रक सडकबाट करिब ३० मिटर तल नदिमा खसेको र ट्रकको आधा भाग पानीमा डुबेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस