विमान दुर्घटनाबारे जाँचबुझ गर्न ६ सदस्यीय आयोग गठन

सोमबार, २८ फागुन २०७४, २० : ०९
विमान दुर्घटनाबारे जाँचबुझ गर्न ६ सदस्यीय आयोग गठन

काठमााडौं । सरकारले सोमबार भएको युएस बङ्ला विमान दुर्घटनाबारे छानविन गर्न ६ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । विमान दुर्घटना भएलगत्तै बसेको मन्त्रिपरिषद बैठकले नेपाल सरकारका पूर्वसचिव यज्ञ गौतमको संयोजकत्वमा ६ सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।|
आयोगको सदस्यमा सेनाको तर्फबाट डा.राजिवदेव, क्याप्टेन केके शर्मा, सुनिल प्रधान, उद्धबबहादुर सुवेदी, बुद्धिसागर लामिछाने रहेका छन् । बैठकले आयोगलाई छिटोभन्दा छिटो जाँचबुझ प्रतिवेदन बुझाउन समेत निर्देशन दिएको छ ।

त्यस्तै बैठकले प्रदेशको मुख्य न्यायाधीवक्ताले लिने सपथको विषयलाई पनि टुंग्याएको छ । बैठकले प्रदेशको मुख्य न्यायाधीवक्ताले पनि केन्द्रको महान्याधिवक्ताकै प्रक्रियाबाटै सपथ लिन सक्ने निर्णय गरेको छ । मुख्य न्यायाधीवक्ताले उच्च अदालतका न्यायाधीशबाट सपथ लिन सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस