उपराष्ट्रपतिद्धारा विमान दुर्घटना र क्षति न्यूनीकरणमा ध्यान दिन सरकारको ध्यानाकर्षण

सोमबार, २८ फागुन २०७४, १९ : १६
उपराष्ट्रपतिद्धारा विमान दुर्घटना र क्षति न्यूनीकरणमा ध्यान दिन सरकारको ध्यानाकर्षण

काठमाडौं । सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन “पासाङ”ले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस–बंगला एयरलायन्सको जहाज अवतरणको क्रममा दुर्घटना हुँदा भएको ठूलो मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सम्माननीय उपराष्ट्रपति पुनले भयानक दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरद्वारा जारी विज्ञप्तिमा उपराष्ट्रपतिले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारको व्यवस्था गर्न अनुरोध गरेका छन् । सम्माननीय उपराष्ट्रपतिज्यू पुनले राष्ट्रलाई नै ठूलो क्षति पु¥याउने गरी भएको दुर्घटनाले सिंगो राष्ट्र शोकमा परेको भन्दै धैर्यधारण गर्न सबैमा अनुरोध गरेका छन् ।

 उपराष्ट्रपति पुनले दुर्घटनाका कारणबारे गम्भीर छानवीन गर्न तथा आगामी दिनमा दुर्घटना र दुर्घटनाबाट हुने क्षति न्यूनीकरणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । उपराष्ट्रपतिले दुर्घटनापछि उद्धारमा खट्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस