विमान दुर्घटना : पाइलट पृथुलाकाे मृत्यु

सोमबार, २८ फागुन २०७४, १९ : १२
विमान दुर्घटना : पाइलट पृथुलाकाे मृत्यु

दुर्घटनग्रस्त युएस बंगला विमानका चालक पृथुला रशिदको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौं मेडिकल कलेजले अस्पतालमा मृत अवस्थामा ल्याइएकाहरुको नामावली सार्वजनिक गरेकाे छ जसमा पृथुलाकाे नाम समावेश छ ।

यसैगरी चालक दल सदस्य ३५ वर्षीय ख्वाजा हुसेन र इन्जिनियर रकिबुल हुसेनको पनि मृत्यु भएको छ। दुवैकाे केएमसी अस्पतालमा मृत्यु भएकाे हाे ।

साेमबार दिउँसाे युएस बंगलाकाे विमान त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा कम्तिमा ४९ जनाकाे मृत्यु भएकाे छ। मृतककाे संख्या बढ्न सक्ने सम्बन्धित अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस