त्रिभुवन विमानस्थलमा विमान आगलागि प्रकरण

विमान दुर्घटना : मृत्यु हुनेको संख्या ४९ पुग्यो, २२ घाइते

सोमबार, २८ फागुन २०७४, १८ : २७
विमान दुर्घटना : मृत्यु हुनेको संख्या ४९ पुग्यो, २२ घाइते

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल काठमाडौंमा अवतरण गर्नेक्रममा बंगलादेशको ढाकाबाट काठमाडौं आएको उडान नम्बर बिएस २११ यूएस बंगला एअरलाइन्सको विमानमा सोमबार अचानक आगलागी हुँदा ४९ जनाको मृत्यु भएको नेपाली प्रहरीले जनाएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् ।

कुल ६७ यात्रु र ४ जना चालक दलका सदस्य गरी ७१ जना रहेको उक्त बिमानमा आगलागी हुँदा ४० जनाको शव फेला परेको थियाे भने केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा ८ जना र शिक्षण अस्पतालमा उपचारको क्रममा १ जनाको मृत्यु भएको हो ।

घाइतेमध्ये १६ जनाको केएमसी अस्पताल सिनामंगलमा, ५ जनाको नर्भिक अस्पतालमा र १ जनाको ओम अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको टोली खटिई गई दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिनुको साथै थप उद्धार कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस