त्रिभुवन विमानस्थलमा विमान आगलागि प्रकरण

विमान दुर्घटना : मृत्यु हुनेको संख्या ४६ पुग्यो

सोमबार, २८ फागुन २०७४, १७ : २१
विमान दुर्घटना : मृत्यु हुनेको संख्या ४६ पुग्यो

यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । बंगलादेशको ढाकाबाट आउँदै गरेको उक्त विमान अवतरणका क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको हो । विमानमा चालक दलका ४ सदस्यसहित ७१ जना यात्रु सवार  थिए । दुर्घटना स्थलमा ४६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए । मृतकको संख्या बढ्नसक्छ । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, विमान दुर्घटनावारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल विमानस्थल पुगेका छन् । उनीसँगै उद्योगमन्त्री मात्रिका यादव पनि गएका छन् ।

सम्बन्धित समाचारहरु
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना

त्रिभुवन विमानस्थलमा विमान दुर्घटना : १४ जनाको उद्धार (तस्बिर सहित)

विमान दुर्घटना : आगलागि नियन्त्रणमा, उद्धार कार्य जारी
 


 

प्रतिक्रिया दिनुहोस