काठमाडौँ । सत्तारुढ दल नेकपाको सचिवालय बैठक केहीबेर अघि बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार अपराह्न सुरू भएको बैठकमा सचिवालयका सबै ९ जना सदस्य उपस्थित रहेका छन् । बालुवाटार स्रोतका अनुसार बैठकमा सचिवालय सदस्यहरुले आफ्ना धारणा राख्न सुरु गरेका छन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका सचिवालयका बहुमत सदस्यले बैठक बोलाउन आग्रह गर्दै लिखित निवेदन दिएको ६ दिनपछि प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बोलाउन राजी भएका थिए । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले बैठक माग गरेका थिए ।
मन्त्रिपरिषद् विस्तार, राजदूतको सिफारिश लगायतका घटनापछि नेकपाभित्रको विवाद फेरि उत्कर्षमा पुगेको छ । शुक्रवारको बैठक दुवै अध्यक्षसँगको परामर्शमा महासचिव विष्णु पौडेलले बोलाएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ कार्तिक २०७७, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी
बालुवाटारमा मध्यरात बसेको सुरक्षा संन्यत्रको बैठकमा के भयो ?
प्रधानमन्त्री भेट्न सातै प्रदेशका सभामुख बालुवाटारमा
बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु
बालुवाटारको छलफल निष्कर्षविहिन, कांग्रेसको अडान कायमै
सदनको अवरोध खुलाउन बालुवाटारमा सभामुखसहित तीन दलसँग प्रधानमन्त्रीको छलफल