काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय बैठक भोलि (शुक्रबार) अपरान्ह चार बजे बस्ने भएको छ । भोलिको बैठकमा एक मतका साथ जानलाई आज साँझ खुमलटारमा अध्यक्ष प्रचण्डसहित पाँच नेताको छलफल भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को निवास खुमलटारमा भएको बहुमत सचिवालय सदस्यबीचको छलफलले सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएको स्रोतको भनाइ छ । भोलिको बैठकलाई लिएर खुमलटारमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय सदस्यहरूलाई छुट्टाछुट्टै भेटेर भोलि कसरी प्रस्तुत हुने भनेर छलफल गरेको एक नेताले जानकारी दिए ।“सबै सामूहिकरूपमा बसेको होइन । अध्यक्ष कमरेडले सचिवालयका सदस्यहरूलाई छुट्टाछुट्टै भेट्नुभएको हो,” एक नेताले भने ।
अध्यक्ष प्रचण्डसँग छलफल गर्न वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ बिहीबार अपराह्न खुमलटार पुगेका थिए । उपाध्यक्ष वामदेव गौतमलाई साँझ निम्त्याइएको ती सदस्यको जिकिर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ कार्तिक २०७७, १९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी
बालुवाटारमा मध्यरात बसेको सुरक्षा संन्यत्रको बैठकमा के भयो ?
प्रधानमन्त्री भेट्न सातै प्रदेशका सभामुख बालुवाटारमा
बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु
बालुवाटारको छलफल निष्कर्षविहिन, कांग्रेसको अडान कायमै
सदनको अवरोध खुलाउन बालुवाटारमा सभामुखसहित तीन दलसँग प्रधानमन्त्रीको छलफल