अवैध १६ किलो चाँदीका गहनासहित २ जना पक्राउ

सोमबार, २८ फागुन २०७४, १२ : १७
अवैध १६ किलो चाँदीका गहनासहित २ जना पक्राउ

काठमाडौं  । अवैध १६ किलो २५० ग्राम  चाँदीका गरहना सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
                                         
 राजधानीको  झोछेमा भन्सार छली चोरी पैठारी गरी  सुनचाँदीको अवैध कारोवार हुदै गरेको छ भन्ने विशेष सुचनाको आधारमा पुगेको महानगरीय प्रहरी बृत्त  जनसेवाको विशेष टोलीले  विरगंज महानगरपालिका वडा नं २ का  सुरेश सर्राफ र वडा नं ३ का कृष्णा सर्राफलाई  नियन्त्रणमा लिएको हो ।


चाँदीको फेन्सी पाउजु, कम्मरमा लगाउने साडि बोल्ट, चाबी रिङ्ग लगायतका विभिन्न किसिमका गरगहनाहरु खानतलासीका क्रममा बरामद भएको प्रहरीले जनाएको छ ।  सुरेशको साथबाट  नगद  ९८ हजार ५०० समेत बरामद  भएको जनाइएको छ ।
यसबारे थप अनुसन्धान भइरहेको  महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस