राष्ट्रियसभा अध्यक्षको मनोनयन दर्ता आज

सोमबार, २८ फागुन २०७४, ११ : १५
राष्ट्रियसभा अध्यक्षको मनोनयन दर्ता आज

राष्ट्रिय सभाको अध्यक्ष पदका लागि सोमबार मनोनयन दर्ता हुँदैछ । बिहान १० देखि दिउँसो १ बजेसम्मको मनोनयन दर्ताका लागि समय छुट्याएको निर्वाचन आयोगले जनाएको छ ।

मनोनयन दर्ता गराएका उम्मेदवारको सूची आजै दिउँसो साढे १ बजे प्रकाशित गर्ने निर्वाचन कार्यतालिका रहेको संसद सचिवालयका प्रबक्ता भरतराज गौतमले जानकारी दिए ।

राष्ट्रिय सभाको निर्वाचन आगामी बुधबार दिउँसो १ बजे हुनेछ । बाम गठबन्धनको सहमतिअनुसार एमालेका तर्फबाट राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने बताइएपनि एमालेले अहिले सम्म उम्मेदवारको नाम तय गरिसकेके छैन । उम्मेदवार छान्न एमालेले आज बिहान बैठक बोलाएको छ ।

यसैबीच राष्ट्रिय सभा अध्यक्षमा नेपाली काँग्रेसले उम्मेदवारी नदिने बताएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियसभा अध्यक्ष पदमा उम्मेदवारी नदिने रातोपाटीलाई बताए ।

एमालेले भने राष्ट्रिय सभाको अध्यक्षमा पर्शुराम मेघी गुरुङ र गणेश तिमल्सेनामध्ये एकलाई अघि सार्ने तयारी गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस