नेकपाको अनुशासन आयोगले भन्यो– चाँडो बैठक राखौँ, एकताको काम पूरा गरौँ

सफल खबर संवाददाता

सोमबार, २४ कार्तिक २०७७, १४ : ४९
नेकपाको अनुशासन आयोगले भन्यो– चाँडो बैठक राखौँ, एकताको काम पूरा गरौँ

काठमाडौँ । नेकपाको केन्द्रीय अनुशासन आयोगले पार्टी नेतृत्वलाई चाँडोभन्दा चाँडो बैठक राखेर एकताको बाँकी सम्पूर्ण कामहरु पूरा गर्न आग्रह गरेको छ । आयोगका अध्यक्ष अमृतकुमार बोहोराले विज्ञप्ति जारी गरी पार्टी एकताको कुनै विकल्प नभएको हुनाले तत्काल बैठक राखेर सबै समस्याहरु समाधान गर्न अपिल गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टी एकता आजको आवश्यकता हो । पार्टी एकताको विकल्पै छैन । समृद्ध समाजवादी समाज बनाउने ऐतिहासिक आवश्यकता पूरा गर्न यो एकता जरुरी थियो र भविष्यसम्म छ । फुट र विभाजन प्रतिगामी कुरा छन् । विगतमा हामीले पार्टी फुटको दुःखद कुरा व्यहोरिसकेका छौं । अब यस्ता गल्तीबाट शिक्षा लिनुपर्छ ।’

विज्ञप्तिमा संकृर्णता, आग्रह–पूर्वाग्रह, गुटबन्दी र रिस रागले पार्टी चल्न नसक्ने कुरा बताइएको छ ।  । पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई बैचारिक र संगठनात्मक रुपमा एकताबद्ध हुन आयोगले जोड दिएको छ । पार्टीमा देखापरेका अनुशासन र पद्धतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिष्ट आचरणमा बिचलन जस्ता विद्यमान विकृति र विसंगतिलाई सघन वैचारिक संघर्षद्वारा परास्त गर्न माग गरिएको छ । 

प्रतिक्रिया दिनुहोस