काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित उनी पक्षका तीन नेतालाई बालुवाटार बोलाएर भेटवार्ता गरेका छन् ।
नेपालसहित नेता भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई बोलाएर प्रधानमन्त्री ओलीले भेटवार्ता गरेका हुन् । यसअघि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका पाँच सदस्यले बैठक बोलाउन लिखित आग्रह गरेको अर्को दिन माधव पक्षका नेतालाई बोलाएर ओलीले भेटवार्ता गरेका हुन् । उनीहरुबीच यतिबेला छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।
यसअघि कार्तिक ५ र ११ मा प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटेर सहकार्यका लागि प्रस्ताव गरेका थिए । नेपालले लगातार पार्टीलाई विधि र पद्धतिमा चलाउन माग गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ कार्तिक २०७७, १५ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी
बालुवाटारमा मध्यरात बसेको सुरक्षा संन्यत्रको बैठकमा के भयो ?
प्रधानमन्त्री भेट्न सातै प्रदेशका सभामुख बालुवाटारमा
बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु
बालुवाटारको छलफल निष्कर्षविहिन, कांग्रेसको अडान कायमै
सदनको अवरोध खुलाउन बालुवाटारमा सभामुखसहित तीन दलसँग प्रधानमन्त्रीको छलफल