नेपालमा थप १७ जना संक्रमितको मत्यु, २७५३ जना संक्रमित हुँदा २२०६ जना निको

सफल खबर संवाददाता

शनिबार, २२ कार्तिक २०७७, १६ : २४
नेपालमा थप १७ जना संक्रमितको मत्यु, २७५३ जना संक्रमित हुँदा २२०६ जना निको

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा २ हजार ७५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ ।

यस्तै २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ । नेपालमा हाल ३५ हजार ४३५ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार ८७ पुगेको छ ।