काठमाडौँ । दशैं सकिएर तिहार नजिकिँदै गर्दा पनि बजारमा चहलपहल छैन । व्यवसायीहरु विगत वर्षहरुभन्दा यस वर्ष आधाले व्यापार कम भएको बताउँदै आएका छन् ।
तिहार आउन धेरै समय बाँकी नरहेपनि अहिले आममानिसहरुमा उत्साह छैन् । कोभिडका कारण स्वास्थ्य जोखिम कायमै रहेको छ भने आर्थिक गतिविधिहरु पनि ठप्प रहेका छन् । विगत वर्षहरु भन्दा यो वर्ष तिहारको किनमल आधा भन्दा बढीले घटेको व्यवसायीहरु बताउँछन् ।
भाइमसलाको मूल्य विगतभन्दा २० प्रतिशतले कम भएपनि ग्राहकहरु नआएको असन क्षेत्रमा व्यापार गर्दै आउनुभएका संजयदत्त तुलाधरले बताए । दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि भाइमसलाको मूल्य कम भएको छ ।
विगतको तुलनामा आधाभन्दा कम मात्रै ग्राहकहरु किनमेलका लागि आउने गरेको अर्का व्यापारी लोचनकाजी तुलाधरले बताए । तिहारमा प्रयोग हुने मसलाको मूल्य गत वर्षभन्दा यो वर्ष सस्तो भएको छ । तिहारमा तेल, चिनी र गेडागुडीको भाउ बढे पनि भाइमसलाको मूल्य घटेको छ । माग पनि विगत जस्तो छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ कार्तिक २०७७, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत
चाडपर्व नजिकिएसँगै कृषिउपज बजारमा चहलपहल बढ्यो
तरकारीले बजार नपाउँदा किसान मर्कामा