ओएसिस् कलेजमा क्रान्तिकारीको तालाबन्दी

आइतबार, २७ फागुन २०७४, १८ : ३३
ओएसिस् कलेजमा क्रान्तिकारीको तालाबन्दी

भरतपुर । चितवनको भरतपुरमा रहेको ओएसिस मेडिकल कलेजमा आज अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ ्र उक्त कलेजमा बिगत चार बर्ष देखि बिएसि नर्सिङ्ग अध्यन गरेका बिधार्थीहरुले पुर्बान्चल विश्वविद्यालयले  लिएको अन्तिम परिक्षामा सहभागी भई उतिर्ण भएकाता पनि फाल्गुन २६ गते नेपाल नर्सिङ परिषद्ले लिएको  लाइसेन्स परिक्षामा सहभागी हुन पाएका थिएनन् ।

परिक्षामा सहभागी हुन नपाएपछि पीडित बिद्यार्थीले  अखिल क्रान्तिकारी को केन्द्रिय कार्यालय बागबजारमा  पुगि अध्यक्ष रन्जित तामाङ  र चितवन जिल्ला कार्यालयी समेत लिखित रुपमा  आफ्नो भबिस्यको बारेमा सोचीदिन अनुरोध गरेका थिए । बिधार्थीहरुको आग्रहपश्चात क्रान्तिकारीको केन्द्रीय कार्यालयले  मातहतका कमिटीहरुलाई  यथार्थ बुझी तत्कालै आन्दोलन अगाडी बढाउन निर्देशन गरेको थियो ।

आईतबार  बिहान अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सुरजसिह ठुकुरीको नेतृत्वमा पुगेको टोलिले कलेजमा अनिश्चितकलिन  तालाबन्दी गरेको हो । “कलेजले न्युनतम मापदण्ड समेत पूरा नगरी संचालन गर्ने र नर्सिगं काउन्सिलको निर्देशन अवज्ञा गरी पठनपाठन संचालन गरी  बिध्यार्थीको भविष्य माथि  खेलवाड गरेको तालाबन्दीका क्रममा जिल्ला अध्यक्ष बसन्त आचार्यले दाबि गरे  ।

बिधार्थीहरुको संक्षिप्त सभालाई संबोधन गर्दै केन्द्रीय सदस्य सुरजसिह ठकुरीले  अब क्रान्तिकारी संगठन मुखदर्शक  भएर नबस्ने  र  आन्दोलनलाई निष्कर्षमा पुर्याई पिडित बिधार्थीहरुलाई न्याय र दोषी कलेज संचालकलाई कार्बाहिको दाएरामा ल्याइ छाड्ने बताए ।

यस बारेमा कलेज संचालक हेम कुमारी चौधरीसग सम्पर्क गर्न खोज्दा आजै आफु यो बिषयमा छलफल गर्न काठमाडौ जादै गरेको र आफ्नो संस्थालाई नर्सिगं काउन्सिलले अन्याय गरेको दाबि गरिन् । चौधरीले यसो भनेता पनि कलेजका बिधार्थीहरु आफुहरुले नर्सिगं काउन्सिलको सुचना थाहा पाएर कलेज प्रशासनसंग कुरा गर्दा बेवास्ता गरिएको भन्दै आफुहरुको लाखौ रुपैया लगानी र समय बर्बाद हुन लागेको भन्दै सहयोगका लागी सबै सरोकारवाला आग्रह गरेका छन् ।

आजै क्रियाशील ३ बिधार्था संगठनहरु नेबिसंघ का अध्यक्ष नेनसिहं महर,अखिल अध्यक्ष नबिना लामा र क्रान्तिकारीका अध्यक्ष रंजित तामागंले संयुक्त बिज्ञप्ति जारी गर्दै समस्या सामाधानको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस