अब छोटो समयमा प्रधानमन्त्री फेर्ने समय छैन : प्रचण्ड

आइतबार, २७ फागुन २०७४, १७ : ०४
अब  छोटो समयमा प्रधानमन्त्री फेर्ने समय छैन : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशमा विकासको युग सुरु भएको भन्दै  विगतमा जस्तो पटक पटक प्रधानमन्त्री फेर्न नहुने धारणा राखेका छन् ।  
आइतबारको संसद बैठकलाई सम्बोधन गर्दै प्रचण्डले  आफूले आठ ओटा प्रधानमन्त्री बनाइसकेको भन्दै अब कतिवटा प्रधानमन्त्री बनाउँदा गिनिजबुकमा नाम लेखिन्छ भन्दै ठट्टा समेत गर्न भ्याए ।

उनले भने, ‘मलाई विभिन्न समयमा गरी ८ वटा प्रधानमन्त्री बनाउने अवसर प्राप्त भएछ ’ उनले ठट्टा गर्दै  थपे, ‘अब कति वटा बनाउँदा गिनिजबुकमा नाम लेखिन्छ भन्ने सम्म भयो । कतिलाई सिधै पार्टी अध्यक्षको रुपमा प्रस्ताव गरेँ त कतिलाई सिधै प्रस्ताव समेत गरेँ ।’
उनले अब  छोटो समयमा प्रधानमन्त्री फेर्ने समय नभएको भन्दै शान्ति, स्थायित्व र सुशासनको पक्षमा लाग्ने बेला भएको बताए ।

प्रतिक्रिया दिनुहोस