संघिय संरचना अनुसार विपत व्यावस्थापन समितिले काम गर्ने

आइतबार, २७ फागुन २०७४, १५ : २३
संघिय संरचना अनुसार विपत व्यावस्थापन समितिले काम गर्ने

चितवन : संघिय संरचना अनुसार नै तह गत समितले विपत व्यावस्थापन समितिले काम गर्ने भएको छ । विपत व्यावस्थापन ऐन २०७४ ले केन्द्र ,प्रदेश र स्थानिय तहका प्रमुखहरुको संयोजकत्वमा समिति निर्माण हुने बताएको छ । विपत व्यावस्थापन ऐन २०७४ अहिले पास भएर आएको छ , प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले भन्नुभयो,“चितवन जिल्लाको हकमा पनि स्थानिय तहका प्रमुखको संयोजकत्वमा समिति बन्ने छ । स्थानिय तहलाई जिम्मेवार निकाय बनाउन यसले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । ” ऐन पास भए सगै विपत व्यावस्थापन समिति पहिलाको भन्दा शक्तीशाली भएको बताईएको छ  । यस अघि दैवि प्रकोप उद्धार समिति गृहमन्त्रीको संयोजकत्वमा जिल्ला स्थित प्रमुख जिल्ला अधिकारको अध्यक्षतामा काम हुने गरेको थियो ।

विपत व्यावस्थापन ऐन २०७४ ले प्रधानमन्त्रीको संयोजकत्वमा रहने गरी ३ वटा तहहरुको प्रमुखको संयोजकत्वमा विपत व्यावस्थापनको कार्यलाइ अगाडी बढाउने व्यवस्था गरेको छ । त्यस्तै विपत व्यावस्थापनको लागि विपद व्यावस्थापन प्राधिकरण निर्माण गर्ने अवधारणा लिईएको छ । विपत हुनु पुर्व तयारी कसरी गर्ने , प्रतिकार तथा पुन निर्माण गरि विपत सम्बन्धी कार्य गरिने छ । जिल्ला प्रशानसन कार्यालयले आईतबार यस विषयमा स्थानिय निकायका प्रमुख ,राजनीतिक दलका प्रमुख ,सुरक्षा निकायका प्रमुख तथा जिल्ला स्थिति सरकारी कार्यालयका प्रमुखलाई यस बिषयमा जानकारी गराएको छ । 

यो सगै चितवनमा स्थानीय निकायसँगको समन्वयमा बाढी पहिरो लगायत विभिन्न घटनाबाट हुने क्षति रोक्न विपद व्यवस्थापनको पुर्वतयार शुरु भएको छ । जिल्लाको पहाडी क्षेत्र पहिरोको जोखिममा रहेको र तल्लो क्षेत्रका विभिन्न ठाउँ बाढीको उच्च जोखिममा रहेकाले जोखिम घटाउन पुर्व तयारी थालिएको चितवनका प्रमुख जिल्ला अधिकारी तथा विपद व्यवस्थापन समिति चितवनका संयोजक नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।

आज विभिन्न राजनीतिक दलका प्रतिनिधि, व्यवसायी र स्थानिय तहका प्रमुखहरुको सहभागितामा बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले चितवनका विभिन्न क्षेत्रमा विपद व्यवस्थापनको क्लष्टर निर्माण गर्ने निर्णय गरेको प्रजिअ भट्टले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न निकायका प्रमुखको उपस्थििती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस