काठमाडौं । बङ्गलादेशमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या चार लाख सात हजार ६८४ पुगेको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले शनिबार जानकारी गराएको छ ।
विगत २४ घण्टामा बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमित हुनेको थप सङ्ख्या एक हजार ३२० रहेको र १८ जनाको मृत्यु भएको जनाइएको छ ।
सरकारी तथ्याङ्क अनुसार बङ्लादेशमा पछिल्लो २४ घण्टामा कूल ११ हजार ५३२ कोभिड–१९ को नमूना परीक्षण भएको छ । यहाँ अहिलेसम्म कोभिड–१९ सङ्क्रमण भई निको भएका विरामीको सङ्ख्या तीन लाख २४ हजार १४५ पुगेको छ । शनिबार कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ४४२ रहेको महानिर्देशनालयले जनाएको छ ।
बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये मृत्युदर १.४५ प्रतिशत रहेको छ भन् ७९.५१ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।
बङ्गलादेशमा जुलाई २ मा सबैभन्दा बढी चार हजार १९ व्यक्ति सङ्क्रमित भएका थिए भने सबैभन्दा बढी मृत्यु जुलाई ३० मा ६४ जनाको भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १५ कार्तिक २०७७, २१ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बङ्गलादेशका विदेश सचिव मोमेन काठमाडौँ आइपुगे
बङ्गलादेशमा निर्वाचनः कडा सुरक्षाबीच मतदान जारी, विपक्षीको बहिस्कार
त्रिपक्षीय सम्झौतामार्फत नेपालको बिजुली बङ्गलादेश लगिने
बङ्गलादेशले अस्ट्रेलियालाई दियो ३ सय ७ रनको लक्ष्य
बङ्गलादेशबाट एकैपटक करिब २ सय जना पर्यटक नेपाल भित्रिए, पञ्चेबाजासहित स्वागत
अफगानिस्तानले सजिलै जित्यो बङ्गलादेशविरुद्वको शृङ्खला