९० प्रतिशत दुर्घटना चालकको लापरबाहीबाट

आइतबार, २७ फागुन २०७४, १३ : २४
९० प्रतिशत दुर्घटना चालकको लापरबाहीबाट

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा कात्तिकदेखि माघसम्म दुर्घटनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।टिपरको ठक्करबाट मा मृत्यु हुने नौ जना रहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । नब्बे प्रतिशत दुर्घटना चालकको लापरबाही र एक ले अर्कालाई उछिन्दा हुने गरेको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक शेखरजंग मल्लले बताउनुभयो ।

“दुर्घटनाको न्यूनीकरण गर्न विद्यालयस्तरीय कार्यक्रम चलाए पनि प्रभावकारी भने बन्न सकेको छैन”, मल्लले भन्नुभयो । ती दुर्घटना ट्राफिक प्रहरी परिचालन गरिएका ठाउँ अरनिको राजमार्ग र बिपी राजमार्गमा भन्दा अन्य ग्रामीण क्षेत्रमा बढी भएको बताइएको छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि ‘एक मिनेट चालकसँग र दुई मिनेट यात्रुसँग’ भन्ने अभियानसमेत सञ्चालन गरेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस