काठमाडौं । सरकारले विश्वको सर्वाेच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा छिट्टै नै गर्ने भएको छ । सगरमाथाको उचाइ मापनको काम सम्पन्न भई घोषणाको तयारी भइरहेको भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता जनकराज जोशीले सगरमाथाको उचाइ मापनको सम्पूर्ण प्राविधिक कार्य सम्पन्न भई उचाइ घोषणाको तयारी भइरहेको जानकारी दिए । ‘‘सगरमाथाको उचाइको गणना र ‘प्रोसेसिङ’ को काम सम्पन्न भइसकेको छ’’ उनले भने, ‘‘मित्र राष्ट्र चीनसँग जोडिएको विषय भएकाले परराष्ट्र मन्त्रालयमार्फत कूूटनीतिक माध्यमबाट गरिने कामहरू अहिले भइरहेका छन् ।’’
‘‘सगरमाथाको उचाइ मापन र घोषणाबारे नेपाल र चीनले जारी गरेको संयुक्त वक्तव्य अनुसार परराष्ट्र मन्त्रालयले समन्वय गरेर एउटा मिति निर्धारण गर्छ र त्यसै अनुसार सगरमाथाको उचाइ घोषणा गरिने छ’’ उनले भने, ‘‘हामी आफ्नो तर्फबाट आफैँ घोषणा गर्छाैं, उनीहरूको तर्फबाट उनीहरूले घोषणा गर्ने छन् ।’’ घोषणा गरिने मितिबारे परराष्ट्र मन्त्रालयमार्फत पहल भइरहेको उनले बताए ।
गत वर्षको असोजमा चीनका राष्ट्र«पति सी चिनफिङको नेपाल भ्रमणका क्रममा संयुक्त रूपमा सगरमाथाको उचाइ घोषणा गर्ने दुई मुलुकबीच सहमति भएको थियो । भ्रमणको क्रममा जारी गरिएको संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ, ‘‘सगरमाथालाई दुई देशबीचको मित्रताको अनन्त प्रतीक मान्दै दुवै देशले विभिन्न क्षेत्रमा सहकार्य प्रवद्र्धन गर्नेछन्, जस्तो जलवायु परिवर्तनको विषय र वातावरण प्रवद्र्धनमा सहकार्य गर्ने छन् । दुवै मुलुकले सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्नेछन् र वैज्ञानिक अध्ययन गर्नेछन् ।’’ गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १५ कार्तिक २०७७, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्पपछि चीनले अस्थायी रूपमा बन्द गर्यो सगरमाथा क्षेत्र
आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै, मानव पाइला पुगेको ७१ वर्ष पूरा
सगरमाथामा ५ आरोहीको मृत्यु, ३ बेपत्ता
नासु बमबहादुरले गरे सगरमाथाको सफल आरोहण
कलाकार छिरिङ शेर्पा सगरमाथाको चुचुरोमा