संसदमा दुईतिहाइ समर्थन जुट्ने अपेक्षा

आइतबार, २७ फागुन २०७४, १२ : ३४
संसदमा दुईतिहाइ समर्थन जुट्ने अपेक्षा

सहज बहुमतको आधारमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले आइतबार बस्ने प्रतिनिधि सभाको बैठकमा दुईतिहाइभन्दा बढी सदस्यको समर्थनमा विश्वासको मत लिने वाम गठबन्धनका नेताहरूले जनाएका छन् ।

त्यसका लागि गठबन्धनमा सहभागी माओवादी केन्द्रका अतिरिक्त कम्तीमा एउटा तराई केन्द्रित दलको समर्थन आवश्यक पर्नेछ र राष्ट्रिय जनता पार्टीले साथ दिने बताइसकेको छ ।

सरकारमा सहभागी बन्ने कसरतमा रहेको संघीय समाजवादी फोरमको समर्थन अपेक्षा गरिए पनि उसले औपचारिक निर्णय गर्न बाँकी छ ।

प्रधानमन्त्री केपी ओलीले आइतबार दिउँसो ३ बजे प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस