महामारीपछि ३२ वटा मुलुकबाट स्वदेश फर्किए नेपाली

सफल खबर संवाददाता

बुधबार, १२ कार्तिक २०७७, ११ : ५२
महामारीपछि ३२ वटा मुलुकबाट स्वदेश फर्किए नेपाली

सांकेतिक तस्विर

काठमाडौँ । कोरोना महामारीकै बीचमा विभिन्न ३२ मुलुकबाट नेपालीहरु स्वदेश फर्किएका छन् । 

कोरोना महामारी जोखिम न्यूनीकरणका लागि सरकारले गत चैतमा अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्दै हवाइ उडानमा समेत रोक लगाएकोमा बीचमा चार्टर उडानमार्फत समस्यामा परेका नेपालीलाई नेपाल ल्याउने निर्णय गरेको थियो । त्यससता आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर नेपाली स्वदेश फर्किन थालेकोमा पछिल्लो समय नियमित उडान समेत सञ्चालन हुन थालेको छ । 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का अनुसार मंगलबारसम्म १ लाख २३ हजार ४१२ नेपाली स्वदेश फर्किएका छन् । 
स्वदेश फर्किनेमा वैदेशिक रोजगारीको सिलसिलामा खाडी तथा मलेसिया पुगेका नेपालीहरु ठूलो संख्यामा रहेका छन् । 

हालसम्म ३२ देशबाट नेपाली फर्किएकोमा जोर्डनबाट ५७७, साइप्रसबाट ६४, इराकबाट ३९ र भारतबाट ८५ नेपाली हवाइ उडानमार्फत स्वदेश फर्किएका छन् । भारतमा कार्यरत ठूलो संख्याका नेपाली स्थलमार्गबाट समेत नेपाल प्रवेश गरेका छन् । सीमानाकाबाट ठूलो संख्याका नेपाली अव्यवस्थित रुपमा नेपाल प्रवेश गर्दा कोरोना संक्रमण समेत देशमा ह्वात्तै बढेको बताइँदै आएको छ । 

तथ्यांकअनुसार अफगानिस्तानबाट ५०, अस्ट्रेलियाबाट १ हजार १००, ओमानबाट २१ सय २६, कतारबाट २३ हजार ३, म्यानमारबाट २६, कुवेतबाट ९ हजार ९२३ र जापानबाट ३ हजार ५४१ नेपाली स्वदेश फर्किएका छन् । 

यसैगरी थाइल्याण्डबाट ४७७, दक्षिण कोरियाबाट १ हजार ८११, बंगलादेशबाट ९३०, मलेसियाबाट १७ हजथार ९२४ नेपाली स्वदेश फर्किँदा माल्दिभ्सबाट १ हजार २६ नेपाली स्वदेश फर्किएका छन् । 

श्रीलंकाबाट ६, युएईबाट ३५ हजार ६९५, साउदी अरेबियाबाट १७ हजार ३२२, सिंगापुरबाट ८५६, हङकङबाट ५४६, पाकिस्तानबाट १११, बहराइनबाट १ हजार ३३९, अमेरिकाबाट ४३७, बेलायतबाट २२९ र इजरायलबाट १२७, चीनबाट ५४०, फिलिपिन्सबाट २०१, स्वीट्जरल्याण्डबाट १० र  दक्षिण सुडानबाट २५० नेपाली स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस